close

बझाङमा २६ मिनेटमा २ भूकम्प : क्षति र फोटोफिचर

बझाङमा २६ मिनेटमा २ भूकम्प : क्षति र फोटोफिचर

Trulli
ADVERTISEMENT

सुदूरपश्चिम क्षेत्रमा आज मंगलबार दिउँसो दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पका कारण बझाङको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरका भूकम्पमा दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार भूकम्पका कारण ठाउँ/ठाउँमा भवनहरु भत्किएको खबर आइरहेको छ । 

तलकोट गाउँपालिका–१ को सुनिकोट माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिका–१० को सत्यवादी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालयको भवनमा क्षति पुगेको प्रहरीले जनाको छ । विद्यालयमा ५ विद्यार्थी घाइते भएका छन् । 

साथै अन्य स्थानमा पनि क्षति पुगेको विवरण प्राप्त भएरहेको प्रहरीले जनाएको छ ।