close

धनगढीका मेयर हमालको दबंग शैली : धमाधम भत्काउन थाले अतिक्रमित घर–टहरा

धनगढीका मेयर हमालको दबंग शैली : धमाधम भत्काउन थाले अतिक्रमित घर–टहरा

Trulli
तस्वीर : सुमन निरौला
ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले दवाङ शैलीमा नदीनालामाथि बनाइएका संरचना धमाधम भत्काउन सुरु गरेका छन् ।

डुबानको समस्या झेल्दै आएका धनगढीवासीलाई डुबानमुक्त बनाउन मेयर हमालले खोला आसपासका जग्गा अधिग्रहण गरी बनाइएका संरचना धमाधम भत्काउन थालेका हुन् ।

धनगढीको कैलाली नाला आसपासमा नादीको जग्गा अधिग्रहण गरी बनाइएका संरचना नगरप्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोग र साथमा भत्काउन लागिएको मेयर हमालले बताए ।

आफू स्वतन्त्र भएकाले नदी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सबैले सहयोग गरेको उनले बताए । केही महिनामा नदीलाई पुरानै अवस्थामा फर्काउने गरी काम गर्ने उनको भनाइ छ । 

‘पार्टीबाट लडेर चुनाव लडेको भए माथिको दबाब हुन्थ्यो । म स्वतन्त्र उम्मेदवार । मेरा सबै चिज मतदाता हुन् । मलाई कुनै पार्टीको दबाब छैन । म आफैँ निर्णय गर्छु,’ उनले भने ।

कैलाली नालामा बालविहानी स्कुलदेखि नदीको क्षेत्र मिचेर बनाइएका संरचना भत्काउन थालिएको छ । उनलाई स्थानीयले पनि निकै साथ दिएका छन् ।

चुनाव हार्ने र मत नआउने पो हो कि भन्ने डर नभएकाले पनि यसअघि पाँच वर्षमा हुन नसकेका काम केही दिनमै सुरु गरेको हमालको धारणा छ ।