close

अख्तियारको उजुरीमा गौमुल शून्य, बडिमालिका नगरपालिका अग्रस्थानमा

अख्तियारको उजुरीमा गौमुल शून्य, बडिमालिका नगरपालिका अग्रस्थानमा

Trulli
ADVERTISEMENT

बाजुर । अख्तियार दुरुपयोग अनुसन्धन आयोगमा उजुरी पर्नेमा बाजुराको गौमुल गाउँपालिका शुन्यमा रहेको छ । 

अख्तियार दुरुपयोगमा बाजुराका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बडिमालिका नगरपालिकाका मुद्दा छन् । आथिक वर्ष ०७८/७९ को जेठ मसान्तसम्म बडिमालिका नगरपालिकाका १३ मुद्द अख्तियार दुरुपयोग अनुसन्धन आयोगमा परेको तथ्याङ्क रहेको छ ।

जसममध्ये ९ वटा मुद्दा फर्स्योट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धन आयोग कन्चनपुरको तथ्याङको तथ्यांक छ । यो आर्थिक वर्षको जेठ मसान्तसम्म सबैभन्दा कम मुद्दा खप्तड छेडेदह गाउँपालिकाको रहेको छ ।

सो गाउँपालिकाको १ मात्रै मुद्दा अख्तियारमा परेको तथ्याङ्कमा उल्लेख छ । हिमाली गाउँपालिकाका ५ वटा मुद्दा छन् । त्यसैगरी स्वामिकार्तिक खापर गाउँपालिकाका ५ मुद्दा रहेको तथ्याङ्कमा उल्लेख छ ।

जगन्नाथ गाउँपालिकामा चार वटा, बुढीनन्दा नगरपालिकामा ४ र बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकामा ३/३ वटा मुद्दा रहेको पाइएको छ ।

बाजुरा जिल्लाका ९ स्थानीय तहमा गरी जम्मा ३८ मुद्दा परेका र १८ मुद्दा फर्स्योट भइसकेका र २० वटा मुद्दा बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगले जनाएको छ । भ्रष्टाचारको अनुभूति सुचाङमा नेपाल १ सय १७ औँ स्थानमा रहेको छ ।