close

हेटौँडा उपमहानगरमा एमालेले गर्‍यो कार्यपालिका बैठक बहिष्कार (विज्ञप्तिसहित)

हेटौँडा उपमहानगरमा एमालेले गर्‍यो कार्यपालिका बैठक बहिष्कार (विज्ञप्तिसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । हेटौँडा उपमहानगरपालिका एमालेका जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गरेका छन् । 

एमालेले बैठक सञ्चालन कार्यविधि २०७४को १५ (२) र १५ (३)मा रहेको व्यवस्थालाई संशोधन माग गर्दै बैठक बहिष्कार गरेको हो । 

आगामी १० गते हुने नीति तथा कार्यक्रमको तयारीबारे कार्यपालिका बैठकमा आफूहरूले नियम तथा मर्यादापूर्वक आफ्ना माग अघि बढाउँदा मेयर तथा उपमेयरले दम्भ देखाएकाले बैठक बहिष्कार गरेको बताएका छन्  ।

हेटौँडा उपमहानगर कार्यपालिकामा एमालेबाट १८ जना, नेपाली कांग्रेसबाट ९ तथा नेकपा एकीकृत समाजवादीबाट २ जना सदस्य छन् ।