close

खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारलाई कारबाही गर्न आयोगको निर्देशन  ​​​​​​

खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारलाई कारबाही गर्न आयोगको निर्देशन  ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । स्थानीय तहका उम्मेदवारले खर्च विवरण नबुझाए कारबाहीका लागि सिफारिस गर्न निर्वाचन आयोगले मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको हो । 

स्थानीय तह निर्वाचन ऐन र नियमावलीअनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने हुन्छ ।

आयोगले भनेको छ, ‘हालसम्म सम्बन्धित उम्मेदवारले कानुनबमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाए/नबुझाएको एकिन गरी निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टै तयार गरी आवश्यक कारबाहीको लागि सिफारिससहित आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।’