close

हिमाली गाउँपालिकाको आव २०७९/८०को नीति तथा कार्यक्रम सार्वजनिक

हिमाली गाउँपालिकाको आव २०७९/८०को नीति तथा कार्यक्रम सार्वजनिक

Trulli
ADVERTISEMENT

बाजुरा । बाजुरा  जिल्लाको हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७९-०८० को नीति कार्यक्रम सार्वजनिक भएको छ ।

बिहीबार हिमाली गाउँपालिकाको नीति तथा कार्यक्रममाथि छलफल भएको हो । 

आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै उपलब्ध स्रोतसाधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने सो नीति तथा कार्यक्रममा उल्लेख छ । 

आर्थिक वर्ष २०७९-०८० नीति कार्यक्रममा तथा बजेट अधिवेशनमा एक वडा एक प्राविधिक साथै गाउँपालिकास्तरीय कृषि विज्ञको व्यवस्था गर्नेगरी आवश्यक अघि बढाइने, कृषि तथा पशुपक्षी बिमा कार्यक्रम सञ्चालनका  लागि पहल गरिने,  हिमाली गाउँपालिकामा प्रत्येक वडामा एक पशु स्वास्थ्य प्राविधिक राख्ने गरी आवश्यक प्रक्रिया अघि बढाउने, हिमाली गाउँपालिकामा एक वडा एक पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने बताइएको छ । 

युवा स्वरोजगार कार्यक्रमलाई विशेष जोड दिने, पर्यटकीय क्षेत्रमा रुचि राख्ने युवालाई ट्रेकिङ गाइड, होमस्टे सञ्चालन तथा पर्यटन प्रर्वदनमूलक तालिम दिने, सामाजिक सुरक्षा तथा  संरक्षण कार्यक्रमलाई व्यवस्थित, भरपर्दो एवम् छिटो छरितो बनाउन बैकको समन्वयमा घर दैलोमा वितरण गर्ने कार्य अघि बढाइने,घुम्ती शिविरमार्फत् बस्तीस्तरमा घरदैलो कर संकलन गरिनेछ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा शाखा, गाउँ शिक्षा समिति र वडा शिक्षा समितिमार्फत नियमित अनुगमन, निरीक्षण र सुपरिवेक्षणमा जोड दिने, महिनावारीका कारणले कुनै छोरीको पढाइ नछुटोस् भन्ने उद्देश्यका साथ सबै किशोरीलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ । 

सबै विद्यालय आइटीमैत्री तथा इन्टरनेट जोडन गर्नेगरी आवश्यक कार्य अगाडि बढाइनेछ। अतिगरिब विपन्न , अपाङ्गलगायत आर्थिकरुपले पछि परेको कडा रोगीलाई औषधि उपचार अनुदान दिने बताइएको छ । 

हिमाली गाउँपालिका ५ कवाडीमा निर्माणाधीन गाउँपालिकास्तरीय १० शैयाको अस्पताल निर्माण दिइने, गाउँपालिकाभित्रका ६५ वर्ष भन्दामाथि र ७० वर्ष भन्दा तलका ज्येष्ठ नागरिक र ग र घ वर्गका सम्पूर्ण अपाङ्गलाई वितरण गर्दै  आइरहेको सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई निरन्तरता दिइने आवश्यक बजेट व्यवस्था गरिनेछ।