close

आज देशभरका अधिकांश पालिकाद्वारा बजेट प्रस्तुत

आज देशभरका अधिकांश पालिकाद्वारा बजेट प्रस्तुत

Trulli
ADVERTISEMENT

काठमाडौं । देशका ७५३ पालिकामध्ये अधिकांश पालिकाले आज नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्ष  २०७९/०८० को को वार्षिक बजेट सार्वजनिक गरेका छन् । केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । 

कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका छन् ।

केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् ।

समयमै बजेट नआएमा संघीय सरकारबाट सम्बन्धित स्थानीयत तहमा जाने अनुदान र राजश्व बाँडफाँटमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयले दिएको छ ।