close

विराटनगरको बजेट करिब साढे ३ अर्ब

विराटनगरको बजेट करिब साढे ३ अर्ब

Trulli
ADVERTISEMENT

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब तीन अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ ।

चालु आर्थिक वर्षभन्दा झण्डै एक अर्ब कमको बजेट बन्न लागेको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका प्रेस संयोजक मिनकुमार नवोदितले जानकारी दिए । चालु आवका लागि चार अर्ब ६० करोड ८१ लाखको वार्षिक बजेट बनेको थियो । सङ्घीय सरकारले विराटनगर महानगरपालिकालाई दिने अनुदान रकम अन्य महानगरपालिकाभन्दा कम दिने कारणले बजेटको सीमा पनि कम भएको बताइएको छ ।

महानगरले आज नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र  बजेटमार्फत करको दरलाई घटाइने तयारी गरिएको जनाइएको छ । पालिकाले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने अभ्यास छ ।