close

भानु नगरपालिकाले प्रस्तुत गर्‍यो ८९ करोड बराबरको बजेट

भानु नगरपालिकाले प्रस्तुत गर्‍यो ८९ करोड बराबरको बजेट

Trulli
ADVERTISEMENT

तनहुँ । भानु नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि रु ८९ करोड ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । 

बिहीबारदेखि सुरु नगरसभामा उपप्रमुख उमा गोतामेले आगामी आर्थिक वर्षका लागि उक्त अनुमाति बजेट प्रस्तुत गरेकी हुन् । सार्वजनिक बजेटमध्ये सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १५ करोड ६५ लाख, सशर्त चालु अनुदान ३७ करोड आठ लाख, सशर्त पुँजीगत एक करोड ३९ लाख, विशेष अनुदान एक करोड ५० लाख, समपुरक अनुदान दुई करोड २० लाख, सङ्घीय राजस्व बाँडफाँटबाट १२ करोड ५७ लाख ६३ हजार आम्दानी हुने अनुमान छ । 

प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणअन्तर्गत समानीकरण अनुदान एक करोड ८८ लाख, राजस्व बाँडफाँटबाट एक करोड २२ लाख १५ हजार, प्रदेश समपूरक रु एक करोड प्राप्त हुने नगरपालिकाको अनुमान छ । 

नगरपालिकाले चालु आर्थिक वर्षको असार ८ गतेसम्म ५३ करोड ४३ लाख २१ हजार अर्थात् ५२.६९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । कूल खर्चमध्ये चालुतर्फ ३६ करोड ८३ लाख ४६ हजार ६१० र पुँजीगततर्फ १६ करोड ५७ लाख ७५ हजार रहेको नगरपालिकाले जनाएको छ । 

नगरवासीलाई घरमै सेवा पुर्‍याउने र कर भुक्तानीलाई सरल, सहज र प्रविधिमैत्री बनाउन चालु आवदेखि नै मालपोत तथा सम्पत्ति कर मोबाइलबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।