close

रुपाद्वारा ४९ करोड ३९ लाख बराबरको बजेट प्रस्तुत

रुपाद्वारा ४९ करोड ३९ लाख बराबरको बजेट प्रस्तुत

Trulli
ADVERTISEMENT

कास्की । रुपा गाउँपालिकाले ‘एक घर एक स्वरोजगारमूलक तालिम’सहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।  

गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ४९ करोड ३९ लाख रुपैयाँको बजेट ल्याएको हो ।

पालिकाको बजेटमध्ये आठ करोड ८८ लाख नेपाल सरकारबाट प्राप्त हुने वितीय समीकरण अनुदान, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडतर्फ ६ करोड ८६ लाख, प्रदेश सरकारबाट समीकरण अनुदान ९४ लाख, प्रदेशको राजश्व बाँडफाँडबाट ४३ लाख पा्रप्त हुने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, प्रदेश सरकारबाटै समपुरक अनुदान २ करोड, जिसस मौज्दात कोषबाट १ करोड ४ लाख, गाउँपालिकाको अघिल्लो वर्षबाट ३ करोड र आगामी वर्षको आन्तरिक स्रोतबाट २ करोड ११ लाख व्यहोरिने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

गाउँपालिकाभित्रका स्वरोजगार गर्न चाहने वर्गलाई लक्ष्य गरी ‘एक घर एक स्वरोजगारमूलक तालिम’ अभियान चलाउने गाउँपालिकाले जनाएको छ ।

रुपा गाउँपालिकाले २० युनिटभन्दा कम विद्युत खपत गर्नेलाई महशुल नि:शुल्क गरिदिने उद्घोष गरेको छ । साथै, गाउँपालिकाभित्रका गुम्बा, मन्दिर, समाजघर, विद्यालय, मस्जिद आदिमा समेत बिजुली नि:शुल्क गर्ने नीति लिएको छ ।