close

तुलसीपुर उपमहानगरको बजेट एक अर्ब ८६ करोड

तुलसीपुर उपमहानगरको बजेट एक अर्ब ८६ करोड

Trulli
ADVERTISEMENT

दाङ । तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार रुपैयाँ बजेट ल्याएको छ। 

जसमा आन्तरिक श्रोतबाट ३० करोड १२ लाख, स्थानीय तह राजश्व वाडफाड मालपोत रजिष्ट्रेशनबाट १० करोड, बैंक मौज्दात ४ करोड ५० लाख गरी कुल आन्तरिक आम्दानी ४४ करोड ६२ लाख अनुमान गरिएको छ।

संघीय सरकारबाट प्राप्त हुने अनुदानहरूमा समानीकरण अनुदान  ३३ करोड ६२ लाख, ससर्त अनुदान ६२ करोड ९१ लाख, समपुरक अनुदान १ करोड ६० लाख, विशेष अनुदान १ करोड ३० लाख र राजश्व बाँडफाड रकम २३ करोड ५५ लाख ३ हजार रुपैयाँ उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७९/८० मा चालु तर्फका कार्यक्रमहरु, प्रशासनिक खर्च र कार्यालय संचालन तर्फ कुल खर्च ४७ करोड ७२ लाख ७७ हजार रहेको छ। विकास र सशक्तिकरणका कार्यक्रमहरु, सशर्तका कार्यक्रमहरु तर्फ कुल खर्च १ अर्ब ३७ करोड ९७ लाख ७९ हजार रहेको छ । साथै वित्तिय खर्च तर्फ ७७ लाख २३ हजार विनियोजन गरिएको छ