close

बुढिनन्दा नगरपालिकामा ४३ करोड बजेट विनियोजन

बुढिनन्दा नगरपालिकामा ४३ करोड बजेट विनियोजन

Trulli
ADVERTISEMENT

बाजुरा । बुढीनन्दा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ करोड ३ लाखभन्दा बढीको बजेट विनियोजन गरेको छ । 

नगरपालिकाको सातौं नगरसभामा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नगर उपप्रमुख रामबहादुर बोहोराले ४३ करोड ३ लाख ३४ हजार ३५० रुपियाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । 

नेपाल सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदानमा ११ करोड ९८ लाख, नेपाल सरकारबाट प्राप्त ससर्त अनुदान चालूतर्फ १६ करोड ३५ लाख, नेपाल सरकारबाट प्राप्त सर्सत अनुदान ८० लाख रकम सभामा उपप्रमुख बोहोराले प्रस्तुत गरेका हुन् । 

त्यस्तै नेपाल सरकारबाट प्राप्त राजश्व बाडफाडतर्फ ९ करोड ३८ लाख २८ हजार र प्रदेश सरकारबाट प्राप्त बित्तीय समानीकरण अनुदानतर्फ ८५ लाख ६९ हजार, प्रदेश सरकारबाट प्राप्त राजश्व बाँड्फाँड ६४ लाख १३ हजार, विशेष र समपुरक अनुदानतर्फ ६० लाख र २४ लाख ९४ हजार नगरपालिकाको आन्तरिक स्रोततर्फ दुई करोड १७ लाख ३० हजार ४ सय ५० गरी जम्मा ४३ करोड ३ लाख ३४ हजार ३ सय ५० बराबरको बजेट सभामा पेश गरिएको नगरपालिका प्रवक्ता जंगवीर रोकायाले जानकारी दिए ।