close

गुल्मीदरबारले ल्यायो करिब ४७ करोडको बजेट

गुल्मीदरबारले ल्यायो करिब ४७ करोडको बजेट

Trulli
ADVERTISEMENT

गुल्मी । गुल्मीदरबार गाउँपालिकाले करिब ४७ करोडको बजेट सार्वजनिक गरेको छ । 

पालिकाले शुक्रबार चालुतर्फ ३४ करोड १३ लाख ५४ हजार पुँजीगततर्फ १२ करोड ६४ लाख ७० हजार गरी जम्मा ४६ करोड ७८ लाख २४ हजारको बजेट सार्वजनिक गरेको हो । 

गाउँपालिका अध्यक्ष सरोजकुमार थापाको अध्यक्षतामा बसेको गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा पालिका उपाध्यक्ष  तारा थापा ढेंगाले आज बजेट सार्वजनिक गरेकी हुन् । 

गुल्मीदरबार गाउँपालिकाले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा शिक्षा , स्वास्थ्य ,खानेपानी ,युवा लक्षित कार्यक्रम , पर्यटन प्रवर्द्धन एवं भौतिक विकासलाई प्राथमिकतामा राखेको छ । 

शिक्षा क्षेत्रको समग्र विकासको लागि एक करोड ७६ लाख ७० हजार, शिक्षकहरूको क्षमता विकासका लागि तालिम संचालनका लागि ६ लाख ५० हजार थप बजेटको व्यवस्था गरेको छ । 

गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विभिन्न कार्यक्रमको लागि १ करोड ७ लाख ७० हजार, विपन्न नागरिकहर"को स्वास्थ्य उपचारका लागि नि:शुल्क स्वास्थ्य बLमा गर्न थप ३० लाख रकम विनियोजन गरेको छ । 

गुल्मीदरबार गाउँपालिकाले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्दै उद्यममा आत्मनिर्भर बन्नको लागि अध्यक्ष युवा उद्यम कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्दै सो कार्यक्रमको लागि १० लाख विनियोजन गरेको छ । गाउँपालिकाभित्र सञ्चालन हुने अचार , फाईवर झोला , सेनेटरी प्याड लगायतका उद्यमीहरूलाई अनुदान दिने घोषणा समेत गरेको छ । 

आज बजेटमार्फत गुल्मीदरबार गाउँपालिकाले पर्यटन तथा संस्कृति प्रवर्द्धन, खेलकुद , लैंगिक समानता तथा सामाजिक समाबेसिकरण, आर्थिक विकास भौतिक पूर्वाधारलगायत शिर्षकमा बजेट विनियोजन गरेको छ ।