close

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Trulli
ADVERTISEMENT

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खसेको छ ।

'लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको' जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।  

उक्त क्षेत्रमा गए रातिदेखि लगातार पानी परिरहेको छ ।