close

सियारीको १३ औँ अधिवेशन सम्पन्न, विभिन्न विधेयक तथा ऐन पारित

सियारीको १३ औँ अधिवेशन सम्पन्न, विभिन्न विधेयक तथा ऐन पारित

Trulli
ADVERTISEMENT

रुपन्देही। सियारी गाउँपालिकाको अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । गाउँपालिकाको १३ औँ गाउँ सभाको दोश्रो बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।

असार ९ गते पालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने असार १० गते पालिका उपाध्यक्ष तारा थारुले बजेट प्रस्तुत गरेकी थिइन् । 

बुधबार बसेको १३ औ गाउँ सभाको दोश्रो बैठकले उपाध्यक्ष तारा थारुले पहिलो बैठकमा प्रस्तुत गरेको ६३ करोड ५६ लाख ५२ हजार ५ सय रुपैयाँको बजेट संसोधन सहित सर्वसम्मतिले पारित गरेको सभाका सचिव तथा प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

यस्तै गरी गाउँपालिका अध्यक्ष घिमिरेले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गहन छलफल पछि संसोधन सहित सभाले सर्वसम्मतले पारित गरेको हो ।

यस्तै सभाको असार २७ गते बसेको बैठकले सियारी गाउँपालिकाको स्थानिय तहको कर्मचारी व्यवस्थापन गर्न विधेयक २०८०, सियारी गाउँपालिकाको जलश्रोत विधेयक २०८०, गाउँपालिका आकस्मिक कोषको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन तथा सियारी रोजगार रणनीति सर्वसम्मतिले पारित भएको प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जानकारी दिए ।

आर्थिक वर्ष ०८०÷०८१ मा संघीय सरकारबाट समानीकरण अनुदानमा १२ करोड ५३ लाख, संघिय राजश्व बाँडफाँडमा ९ करोड ४७ लाख ८३ हजार २ सय, प्रदेश समानिकरणमा ९ करोड २४ लाख ५ हजार, प्रदेश राजश्व बाँडफाँडमा ४० लाख ५३ हजार ६ सय ३० रुपैयाँको बजेट अनुमान गरी पारित भएको पालिकाले जनाएको छ ।

१३ औं अधिवेशनको तेस्रो बैठकमा बोल्दै अध्यक्ष घिमिरे, उपाध्यक्ष थारु, वडा अध्यक्ष शेर बहादुर गुरुङ, कार्यपालिका सदस्य अन्जु रोक्का, वडा सदस्यहरु सन्तोष शर्मा, प्रकाश थापा लगायतले नीति तथा कार्यक्रमलाई बजेटलाई पुर्ण रुपमा कार्यन्वयन गर्दै जानेमा जोड दिए । उनीहरुले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भए जस्तै गरी बजेटलाई पनि कार्यन्वयन गर्दै जानेमा जोड दिएका छन् ।

यस्तै, सियारीले पालिकालाई आत्म निर्भर बनाउनका लागि हल्दी, खुर्सानी र लसुनमा अनुदान दिने निर्णय गरेको छ ।