close

साम्पाङले मागे वडाध्यक्षको राजीनामा, कोदो बाली संरक्षण गर्दै वैतेश्वर (भिडियाेसहित)

साम्पाङले मागे वडाध्यक्षको राजीनामा, कोदो बाली संरक्षण गर्दै वैतेश्वर (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

   साम्पाङले मागे वडाध्यक्षको राजीनामा
सुनसरीको धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ राईले वडाध्यक्षहरुको राजीनामा माग गरेको छ । नगर कार्यपालिकाको बैठक बहिस्कार गरी उपस्थित नहुने वडाध्यक्षहरुसँग नगरप्रमुख राईले राजीनामा माग गरेका हुन् । 

 नगरप्रमुख राईल आफूले बोलाएको बैठकमा पटक पटक वडाध्यक्षहरुले उपस्थित नभएपछि बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा माग गरेका हुन् । उनले नगर कार्यपालिका बैठकलाई पटक पटक बहिस्कार गरी जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनु पर्ने अधिकार खेलबाड भएको र आफ्नो कर्तव्य कुरा नगरेको आरोप लगाएका छन् ।

 कोदो बाली संरक्षण गर्दै वैतेश्वर
दोलखाको वैतेश्वर गाउँपालिकाले कोदो बाली संरक्षण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै रैथानी बाली अन्तर्गत कोदाबालीको संरक्षण गर्न लागेको हो । 

पालिकाको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप गाउँपालिकाले सो कार्यक्रम सञ्चालन गर्न  लागेको हो । सूचना अनुसार गाउँपालिकाले ९० प्रतिशत अनुदानमा कोदोको वीउ वितरण गर्ने जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति, कृषक तथा फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।


महिला कृषकलाई तरकारी खेती तालिम
हुम्लाको सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेतीसम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ ।

‘महिला आयाआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम आयोजना गरिएको हो । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका स्थानीय महिला कृषकका लागि तालिम सञ्चालन गरिएको कृषि शाखा नायबसुब्बा विमला सिंहले बताए ।

टोखामा विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम

काठमाडौंको टोखा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा ९एसइई० दिएर बसेका ८० विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम प्रदान गर्ने भएको छ ।

टोखा नगरपालिकाले स्काई भिजन फाउन्डेसन प्रालिको सहकार्यमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई निःशुल्क कम्युटर तालिम प्रदान गर्न लागेको हो । 

टोखा नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले टोखाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र समयानुकूल सीपमूलक कम्युटर ज्ञान प्रदान गर्ने उद्देश्यले तीनमहिने कम्युटर तालिम प्रदान गर्न लागिएको जानकारी दिए ।

  कविलासीमा भ्याक्सिलेटर माग

सर्लाहीको कविलासी नगरपालिकाले भ्याक्सिलेटर माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै भ्याक्सिलेटर माग गरेको हो । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पशुहरुलाई भ्यागुते, चरचरे र पीपीआर खोप लगाउनको लागि भ्याक्सिलेटर माग गरेको हो । नगरपालिकाले केही संख्यामा करार सेवामा भ्याक्सिलेटर भर्ना गराउने जनाइएको छ । 

सियारी गाउँपालिकाद्वारा मस्जितमै पुगेर फुलफुल वितरण
 रुपन्देहीको सियारी गाउँपालिकाले मुस्लिम समुदायको पर्व रमजानको अवसरमा मस्जितमै पुगेर फलफुल बितरण गरेको छ ।  मुस्लिम समुदायको पर्व रमजानको अन्तिम हुनै लाग्दा सियारी गाउँपालिकाले पालिका भित्रका सबै मस्जितमा पुगेर फलफुल बितरण गरेको हो । 

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, वडा अध्यक्षहरु दीपक बहादुर शाही, श्रीराम यादव, रामचन्द्र कुर्मी लगाएतले पालिका भित्र सञ्चालनमा रहेका ८ ओटा मस्जितमा पुगेर एउटा मस्जितलाई ५ हजार बराबरको फलफुल प्रदान गरेका हुन्  । 
वर्त बसेका मुस्लिम समुदायलाई रोजा खोले पछि खान मिल्ने गरी स्याउ, केरा, सुन्तला र खरबुजा लगाएतका फलफुल प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

विपन्न महिला समुहलाई आय आजर्नका लागि अनुदान दिँदै पोखरिया

पर्साको पोखरिया नगरपालिकाले पोषण सुधारका लागि विपन्न महिला समुहलाई आय आजर्नका लागि अनुदान दिने भएको छ । नगरपालिकाले व्यवसायिक कार्यक्रमका लागि ६ लाख २५ हजार रुपैँया अनुदान दिन छुट्याएको छ। 

नगरपालिकाले बिहिबार एक सुचना जारी गर्दै चालु आर्थिक वर्षको बहुक्षेत्रीय पोषण योजना अन्तर्गत महिला, बालबालिका तथा किशोर किशोरिमा रहेको कुपोषणको समस्यालाई हटाउन पोषणमा सुधार ल्याउन आवश्यक रहेको जनाएको छ । यसको लागि विपन्न परिवारको आयआर्जनमा सुधार गर्न अनुदान दिन लागिएको हो।