close

बाँदर आतंक नियन्त्रण गर्न कृषकलाई बन्दुक, अन्नपूर्णमा ज्यालादारी कर्मचारी माग (भिडियाेसहित)

बाँदर आतंक नियन्त्रण गर्न कृषकलाई बन्दुक, अन्नपूर्णमा ज्यालादारी कर्मचारी माग (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

बाँदर आतंक नियन्त्रण गर्न कृषकलाई बन्दुक

सिन्धुलीको सुनकोशी गाउँपालिकाले किसानलाई बाँदर धपाउने बन्दुक वितरण गरेको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी ३ जना कृषकलाई सो बन्दुक वितरण गरिएको हो । 

गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख प्रदिप श्रेष्ठका अनुसार पालिकाभित्र बाँदर आतंक नियन्त्रण गर्नको लागि बन्दुक वितरण गरेको हो । उनले हाल परिक्षणको लागि मात्रै सो बन्दुक वितरण गरेको बताए । 

बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र विद्यार्थी भर्ना

बागलुङको तमानखोला गाउँपालिकामा बालविवाह बढ्दै गएपछि विद्यालयले भर्ना गर्न आउने अभिभावक र विद्यार्थीलाई बालविवाह नगर्ने प्रतिबद्धता जनाएर मात्रै भर्ना गर्न थालेको छ । 

वडा नम्बर २ स्थित जनजागृति माध्यमिक विद्यालय, वडा नम्बर ३ स्थित धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नम्बर ५ स्थित शान्ति माध्यमिक विद्यालयलगायतले प्रतिबद्धता गराएर मात्रै विद्यार्थी भर्ना गरेका छन् । भर्ना गर्नुपूर्वनै अभिभावक र विद्यार्थीलाई भर्ना फारममा सही गर्न लगाएर प्रतिबद्ध जनाइएको विद्यालयले जनाएका छन्

राप्तीमा पालिका निर्माण अभियानको सुरुवात 

दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ । ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताए। 

लुम्बिनी प्रदेशको राजधानी आफ्नै पालिकामा आएको अबस्थामा राजधानी सहर निर्माणदेखि सरसफाइ अभियान, सकारात्मक सोच तथा चिन्तन अभिवृद्धिका लागि उक्त अभियान सुरु गरिएको हो। अभियानका लागि पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक सङ्घ संस्था, स्थानीय निर्वाचनका उम्मेदवारलगायतलाई समेटेर समिति बनाएको पालिका अध्यक्ष विष्टले बताए।  

लुम्बिनी साँस्कृतिकको प्रशासनिक भवन निर्माणका लागी जग्गा नापजाँच सुरु

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागी पहिलो चरणका कार्य सुरु गरेको छ । नगरपालिकाले भवन निर्माणका लागी केही महिना अघि जग्गाको टुंगो लगाएको नगर प्रमुख सजरुद्धिन मुसलमानले जानकारी दिए।  

उनका अनुसार नगरपालिकाको वडा न।३ स्थित लंकारपुर देखि क्युटेलिय जाने बाटोको पुर्वतर्फ प्रशासनिक भवनका जग्गा प्रस्ताव गरिएको छ । उक्त जग्गाको आईतबार नापजाँच गरिएको नगरपालिकाले जनाएको छ । डिपिआर निर्माणका लागी पहिलो चरणको जग्गा रेखांङकन र क्षेत्रफल नापिएको हो ।

अन्नपूर्णमा ज्यालादारी कर्मचारी माग

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ज्यालादारी कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै एक जना कार्यालय सहयोगी ज्यालादारीमा नियुक्ती गर्न लागेको जनाएको हो । 

इच्छुक व्यक्तिले आवश्यक कागजातसहित बैशाख १७ गतेसम्म ४०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्नेछन्। छनौट भएको व्यक्तिलाई दैनिक ५६‍.६६ रुपैयाँको दरले मासिक १७००० रुपैयाँ पारिश्रमिक दिने गाउँपालिकाले जनाएको छ । 

कक्षा १२ सम्म निःशुल्क शिक्षा ल्याउँदै राप्ती

चितवनको राप्ती नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ। नगरपालिकाकी शिक्षा शाखा अधिकृत रबिना देउजाले यस शैक्षिक सत्र २०८० देखि निःशुल्क शिक्षा प्रदान गर्न खोजिएको बताइन्। कार्यपालिकाको बैठकबाट निर्णय भने नभइसकेको उनको भनाइ छ । 

उनको अनुसार शिक्षा शाखाले यस शैक्षिक सत्रदेखि विद्यालयलाई विद्यार्थी भर्ना तथा अन्य क्रियाकलापमा कुनैपनि शुल्क नलिन परिपत्र गरिसकेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेपछी लागेको शुल्क विद्यालयलाई साउनमा भुक्तानी गर्ने उनले जानकारी दिइन्। 

३४ वर्षपछि हाटबजार सञ्चालन

झापाको शिवसताक्षी नगरपालिका–९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु भएको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो । 

नगरप्रमुख मेगाहाङ थोप्राले स्थानीय क्षेत्रमा साप्ताहिक बजारको आवश्यकता भएको हुँदा हाटबजार सुरु गरेको बताए। उनले स्थानीय उत्पादनलाई बजारीकरण गर्न र किसानको जीवनस्तर उकास्न बजारले सहयोग पुर्याउने बताए।