close

यी सर्त तथा सुविधा पूरा गरेमा महानगरपालिका घोषणा गर्न सकिन्छ 

यी सर्त तथा सुविधा पूरा गरेमा महानगरपालिका घोषणा गर्न सकिन्छ 

Trulli
ADVERTISEMENT

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नेपाल सरकारले सम्बन्धित स्थानीय तह र प्रदेश सरकारसँग परामर्श गरी देहायका सर्त तथा सुविधा पूरा गरेको आधारमा महानगरपालिका घोषणा गर्न सक्ने व्यवस्था छ :


– कम्तीमा पाँच लाख स्थायी बासिन्दा भएको,
– पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कम्तीमा एक अर्ब रुपियाँ भएको,
– टर्मिनलसहितको बसपार्क, पार्किङका लागि पर्याप्त सुविधा, सव वे तथा सडक पेटी भएको,
– सहरी परिवहनको सुविधा तथा अपाङ्गतामैत्री सार्वजनिक सवारी सुविधा भएको,
– कुल सडक लम्बाइको कम्तीमा ७५ प्रतिशत सडकहरू पक्की भएको,
– स्नातकोत्तर तहसम्मको अध्ययन संस्था भएको,
– विशेषज्ञ सेवासहितको अस्पताल, एक सय शय्याको कम्तीमा एक साधारण अस्पतालसहित कम्तीमा पाँच सय शøयाको अस्पताल
सुविधा भएको,
– व्यवस्थित तरकारी तथा फलफूल बिक्री केन्द्र भएको,
– सपिङ मलहरू भएको,
– अन्तर्राष्ट्रियस्तरको खेलकुद सञ्चालन गर्न उपयुक्त रङ्गशाला भएको,
– अन्तर्राष्ट्रियस्तरको विमानस्थलसँगको आवागमनमा सहज पहुँच भएको,
– अन्तर्राष्ट्रियस्तरको सभाहल तथा अन्तर्राष्ट्रियस्तरको व्यापारिक प्रदर्शनी स्थलको व्यवस्था भएको,
– सङ्ग्रहालय भएको,
– प्राविधिक शिक्षालय भएको,
– अन्तर्राष्ट्रियस्तरको होटल सुविधा भएको,
– आफ्ना क्षेत्रभित्र रहेका विशेष महìवका सम्पदाको संरक्षण भएको,
– पर्याप्त मनोरञ्जनस्थल भएको,
– बालउद्यान र ज्येष्ठ नागरिक मनोरञ्जनस्थल भएको,
– नाचघर तथा सिर्जना ग्यालरीहरू भएको,
– सहरी हरियाली तथा सौन्दर्य भएको,
– तोकिएबमोजिमका अन्य सहरी सुविधा भएको ।