close

बाह्रविसेकाे १२ औँ नगरसभाबाट १० ओटा ऐन पारित

बाह्रविसेकाे १२ औँ नगरसभाबाट १० ओटा ऐन पारित

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक। बाह्रविसे नगरपालिकाले १२ औँ नगर सभा सम्पन्न गरेकाे छ । नगरपालिकाले गत पुष २९ गते नगरसभा सम्पन्न गरेकाे हाे । 

नगर सभाबाट पछिल्ला पाँच वर्षमा बन्न नसकेका ऐनहरु बनाउन सफल भएको नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताए। हिउँदे अधिवेशनमा कृषि, शिक्षा, स्वास्थ, विपत आदी क्षेत्रमा १० ओटा ऐन पारित गरिएको उनको भनाई छ। 

कृषिलाई पालिकाले बढी जोड दिएर कार्यक्रमहरु ल्याएको छ। गोरु पाल्ने कृषकलाई अनुदान, कक्षा १२ सम्म नि:शुल्क शिक्षा, कक्षा ८ सम्म दिवा खाजा, दमकल, कृषि एम्बुलेन्स ल्याउने जस्ता कार्यक्रम सञ्चालन भएको उनले पालिकाखबरलाई बताए।

उनका अनुसार पालिकामा ३७ करोड ४२ लाख बजेट नगरपालिकामा आएको थियो। पछिल्लो ६ महिनामा बजेटको लगभग ८० प्रतिशत रकम खर्च भइसकेको छ। शिक्षकको तलबमा नै १५ करोड रुपैयाँ बजेट खर्च हुन्छ।