close

बुढानीलकण्ठमा पुरानै कार्यक्रमलाई निरन्तरता

बुढानीलकण्ठमा पुरानै कार्यक्रमलाई निरन्तरता

Trulli
ADVERTISEMENT

काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले गत पुष २७ गते एघारौँ नगरसभा सम्पन्न गरेकाे छ ।

यस नगर सभाबाट नयाँ विद्येयक तथा ऐन नबनेको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले जानकारी दिए। नगर सभामा पुरानै कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएको उनको भनाई छ। 

उनका अनुसार नगर सभाबाट विभिन्न कार्यक्रमका लागि बजेट आएर पनि सञ्चालन हुन नसकेका कार्यक्रमको रकम अन्य कार्यक्रमको लागि सार्ने निर्णय गरिएको छ। २० प्रतिशत बजेट रुपान्तरण गरिएको उनले पालिकाखबरलाई जानकारी दिए।

नागरिकको स्वास्थ्य तथा जीवन बीमा गर्ने विषयमा नगर सभामा छलफल भएको उनले बताए।