close

भक्तपुरमा युवा उद्यमशीलता प्रर्वद्धन ऋण परिचालन सम्बन्धमा बनेको निर्देशिका, २०७९ पारित

भक्तपुरमा युवा उद्यमशीलता प्रर्वद्धन ऋण परिचालन सम्बन्धमा बनेको निर्देशिका, २०७९ पारित

Trulli
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुर नगरपालिकाले युवा उद्यमशीलता प्रर्वद्धन ऋण परिचालन सम्बन्धमा बनेको निर्देशिका, २०७९  पारित गरेको छ । मंगलबार दिउँसो सभाहलमा बसेको १३ औँ नगरसभाको बैठकले सर्वसम्मत रुपमा सो निर्देशिका पारित गरेको हो ।

 सभामा सभाध्यक्ष तथा नगरप्रमुख सुनील प्रजापतिले नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने बेरोजगार र आर्थिक रुपले कमजोर युवाहरुलाई उद्यमशील बनाउन सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने उद्देश्यले उक्त निर्देशिका बनेको बताए । उनले सो निर्देशिका पारित भएसँगै स्वदेशमा व्यवसाय गर्न युवाहरुलाई सहज हुने विश्वास व्यक्त गरे । 


सभामा नगर प्रमुख प्रजापतिको अनुमतिमा विधायन समितिका संयोजक हरिराम सुवालले भक्तपुर नपा, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ मा छलफलको लागि सभामा प्रस्तुत गरेका थिए  ।

अर्को बैठक फागुन ४ गते बिहीबार दिनको १ बजे बस्ने नगरप्रमुख प्रजापतिले बताए ।