close

परशुरामको १२ औँ नगरसभा सम्पन्न

परशुरामको १२ औँ नगरसभा सम्पन्न

Trulli
ADVERTISEMENT

डडेल्धुरा । परशुराम नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा मंगलबार नगर प्रमुख भरत बडायर जोशीको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो  ।


नगरसभामा नगरपालिकाको चालू आर्थिक वर्षको हालसम्म भएको आयव्ययको खर्चको विवरणको जानकारी, योजना संसोधन, महालेखापरीक्षकको प्रतिवेदन,  विषयगत समितिबाट प्रस्तावित सिफारिसहरु अनुमोदन गरिएको नगर प्रमुख बडायरले बताए  । उनले नगरपालिकाको सर्वांगिण   विकासका लागि पालिकाले हालसम्म गरेका पहलहरु र उपलब्धिहरुको जानकारी गराएका थिए । 

 नगर उपप्रमुख विमला कुमारी बोहराले सरकार प्रदेश सरकारबाट प्राप्त परिपत्र, विद्यमान ऐन, कानुन, नगरपालिकाको योजना तथा कार्यक्रममा हाल सम्मको प्रगति, समसामयिक विषय लगायत विभिन्न विषयबारे जानकारी दिएका थिए ।