close

भक्तपुरको १३ औं नगरसभाः ख्वप कलेज अफ लको विनियम, २०७९ र सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ पारित

भक्तपुरको १३ औं नगरसभाः ख्वप कलेज अफ लको विनियम, २०७९ र सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ पारित

Trulli
ADVERTISEMENT

भक्तपुर  ।  भक्तपुर नगरपालिकाको १३ औँ नगरसभाबाट एक विनियम र एक कार्यविधि पारित गरेको छ । नगर प्रमुख सुनील प्रजापतिको अध्यक्ष्यतामा सोमबार बसेको नगरसभाले पालिकाद्धारा सञ्चालित ख्वप कलेज अफ लको विनियम, २०७९ र  सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ सुझावसहित सर्वसम्मतिबाट पारित गरेको हो।


नगरप्रमुख प्रजापतिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्य कानुनहरुले दिएको अधिकार प्रयोग गरी अघिल्लो कार्यकालमा नगरपालिकाद्वारा सञ्चालित सातवटा शैक्षिक संस्थाहरुको विनियम पारित भइ लागू भइसकेको र सोही विनियमअनुरुप ख्वप कलेज अफ लको विनियम निर्माण भएको बताए  ।

 पालिकाले शिक्षा क्षेत्रमा गरिरहेको काम अन्य स्थानीय तहहरुको लागि पनि अनुकरणीय रहेको बताउँदै नगरसभाबाट पारित ऐन, कार्यविधि, विनियम तथा निर्देशिका आवश्यकताअनुसार परिमार्जन र संशोधन हुने उनको धारणा छ । 

 पारित ख्वप कलेज अफ लको विनियममाथि भएको छलफलमा सभासद्द्वय हेरा ख्याजू र इन्द्रबहादुर प्याठले सञ्चालक समितिमा विज्ञहरुलाई समावेश गर्नुपर्ने, नगरबासी विद्यार्थीहरुलाई भर्ना शुल्कमा छुट र छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए । 

नगरप्रमुख प्रजापतिले नगरसभाको अर्को बैठक फागुन १० गते बुधबार दिनको १ बजे बस्ने जानकारी दिए ।