close

महानगरमा एक महिनामा २ हजार आठ सयलाई निःशुल्क कानुनी सेवा

महानगरमा एक महिनामा २ हजार आठ सयलाई निःशुल्क कानुनी सेवा

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चैत महिनामा करिब २ हजार ८०० जनालाई निःशुल्क कानुनी सेवा उपलब्ध गराएको छ । महानगरपालिकाले एक महिनाको समयावधिमा  २ हजार ८०९ जनालाई निःशुल्क कानुनी सेवा उपलब्ध गराएको हो । 

न्यायिक सहजकर्तामार्फत उपलब्ध गराइएको न्यायिक सेवामा १ हजार ७३८ जनाको कानुनी लिखत तथा अन्य लिखत मस्यौदा गरियो । ७४७ जनालाई मौखिक कानुनी तथा न्यायिक परामर्श उपलब्ध गराइयो भने ३२७ जनालाई अन्य (प्रशासनिक) सेवा उपलब्ध गराइयो । आज कानुन तथा मानव अधिकार विभागले आयोजना गरेको न्यायिक सहजकर्ताको १ महिना अवधिको समीक्षा कार्यक्रममा निःशुल्क कानुनी सेवा प्राप्त गर्ने सेवाग्राहीको संख्या बताइएको हो । 

कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले सो तथ्यांक सुखद रहेको बताइन । उनले भनिन् , ‘हामी सेवालाई सरल र गुणस्तरलाई भरपर्दो बनाउन हार्डवेयरमा जत्तिकै सफ्टवेयरमा काम गर्न चाहन्छौँ । न्यायिक सहजकर्तामार्फत हामीले जे उपलब्धी प्राप्त गरेका छौँ । यो हाम्रा लागि सुखद पक्ष हो । सेवा सुधारमा गरिने कामको सुखद प्रवेश हो ।’