close

वडाबाटै न्याय, न्यायिक समितिमा ९ वटा मात्रै मुद्दा

वडाबाटै न्याय, न्यायिक समितिमा ९ वटा मात्रै मुद्दा

Trulli
ADVERTISEMENT

बझाङ– खप्तडछान्ना गाउँपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरेको छ । पालिकामा न्यायिक समितिको काम मेलमिलाप समितिले गरेको हो ।

'मेलमिलाप केन्द्र गठन गरेपछि मेलमिलापकर्ता छनौट भएर न्यायिक समितिको ४८ घण्टे तालिम पनि दिइसकेका छौँ' उनले भने । गाउँघरमा भएका झै-झगडाको छिनाफानो मेलमिलाप केन्द्रले गर्दै आएको थापाले बताए ।

मेलमिलाप केन्द्र गठन गरेपछि गाउँपालिकाले मुद्दाहरु वडामै मेलमिलाप गर्दै आएको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक विष्णुकुमार थापाले पालिकाखबरलाई जानकारी दिए । उनले भने, 'आफ्नो क्षेत्राधिकारभित्रका मुद्दा गाउँपालिकाको वडामा मिलाउने गरेका छौँ ।'

कुटपिट भएका मुद्दाहरु न्यायिक समितिको क्षेत्राधिकारभित्र नपर्ने भएको प्रहरीमार्फत जिल्ला अदालत पठाउने गरेको बताए ।गाउँपालिकाल उपाध्यक्ष तथा न्यायिक समिति संयोजकका अनुसार गत वर्षमा ५ वटा मुद्दा परेका थिए । चालु आर्थिक वर्षमा ४/५ वटा मुद्दा परेका थिए । ती मुद्दाहरुको छिनोफानो वडामै गर्दै आएको बताए ।