close

मापदण्ड विपरित सामग्री वितरण गर्नेलाई नगरपालिकाको कारबाही

मापदण्ड विपरित सामग्री वितरण गर्नेलाई नगरपालिकाको कारबाही

Trulli
ADVERTISEMENT

रुपन्देही - लुम्बिनी साँस्कृतिक नगरपालिकाले चार्डपर्वलाई लक्षित गरी बजार अनुगमनलाई जोड दिएको छ । नगरपालिकाका उपमेयर कल्पना हरिजनको नेतृत्वमा शुक्रबारदेखि बजार अनुगमन सुरु गरेको हो । पालिका क्षेत्रमा चार्डपर्वलाई मध्येनजर गर्दै मापदण्ड विपरित खरिदबिक्री गरेको गुनासो आएपछि नगरपालिकाले बजार अनुगमनलाई जोड दिएको हो ।

नगरपालिका वडा न.१० का केही पसलहरुमा पहिलो अनुगमन भएको छ । किराना पसल, फलफुल र मिठाई पसललाई जोड दिई अनुगमन गरिएको र अनुगमनका क्रममा मुल्य सुची नभएको, दर्ता प्रमाणपत्र भएपनि नविकरण नभएको, केही खाद्य बस्तुहरुको म्याद गुज्रिएको, दर्तामा उल्लेख गरिएको सामानभन्दा बाहिरको सामान बिक्री वितरण भएको पाईएको उपप्रमुख तथा अनुगमन संयोजक कल्पना हरिजनले जानकारी दिइन् ।

उपभोक्ता र सेवाग्राहीहरुलाई मर्का नपरोस र व्यवसायहरुलाई करको दायरामा ल्याउन यो अनुगमनलाई विशेष चासो दिइएको बताइएको छ । अनुगमनका क्रममा मापदण्ड विपरित फेला परेका पेट्रोलियम पदार्थ नष्ट गरिएको छ ।