close

इजाजत नलिई ग्याँस बिक्री नगर्न धरानको अनुरोध

इजाजत नलिई ग्याँस बिक्री नगर्न धरानको अनुरोध

Trulli
ADVERTISEMENT

सुनुसरी– धरान उपमहानगरपालिकाले इजाजतबिना ग्याँस बिक्री वितरण नगर्न अनुरोध गरेको छ । 

उपमाहनगर क्षेत्रभित्रका अधिकांश ग्यास पसलहरुमा ग्याँस तौल गर्ने उपकरण नरहेको र इजाजत विनाका किनारा पसलमा ग्याँस बिक्री गर्न दिँदा उपभोक्तालाई बढी मुल्यमा बेचेको जनगुनासो आएपछि सो निर्देशन दिएको हो । 

ग्याँस डिलरले ग्यासको तौल जाँच गर्ने मेसिन र ग्यासबाट हुनसक्ने जोखिमको नियन्त्रणका लागि प्राविधिक राख्नुपर्ने व्यवस्था छ । सो विपरित ग्याँस बिक्री वितरण गर्नु जोखिमपूर्ण काम भएको भन्दै उपमहानगरले विना इजाजत ग्याँस बिक्री नगर्न अनुरोध गरेको हो ।

उपमहानगरपालिकाको निर्देशनलाई अटेर गरेमा कानुन बमोजिम कारबाही गर्ने आइतबार एक सूचना जारी गर्दै उपमहानगरले चेतावनी दिएको छ ।