close

दमकमा १०० वर्ष नाघेपछि 'नगर पीता'को उपाधि

दमकमा १०० वर्ष नाघेपछि 'नगर पीता'को उपाधि

Trulli
फाइल तस्विर
ADVERTISEMENT

झापा-  दमक नगरपालिकाले जेष्ठ नागरिकलाई 'नगर पिता'को उपाधि दिन सुरु गरेको छ । पालिकाभित्रका १०० वर्षभन्दा माथीको जेष्ठ नागरिकलाई नगर पीताको उपाधि दिन थालेकाे हो । 

नगर प्रमुख रामकुमार थापका अनुसार नगरपालिकाले जेष्ठ नागरिकको सम्मान स्वरुप सो कार्यक्रम सञ्चालन गरिएको हो । पालिकाको चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप जेष्ठ नागरिकलाई उपाधि दिन थालेको उनको भनाइ छ । 

उनका अनसार पालिकाले १०० वर्षभन्दा माथीका ६ जना स्थानीयलाई सो पदबाट सम्मानित गर्ने छ । जेष्ठ नागरिक खुल्ला विश्वविद्यालय भएको सम्मान गर्न थालेको उनले सुनाए । 

नगरपालिकाले जेष्ठ नागरिकको निःशुल्क उपचार, औषधी वितरण तथा न्यानो कपडा वितरण गर्दै आएको उनले जानकारी दिए ।