close

गन्यापधुराका निर्माण कार्यको स्थलगत अनुगमन

गन्यापधुराका निर्माण कार्यको स्थलगत अनुगमन

Trulli
ADVERTISEMENT

डडलेधुरा । गन्यापधुरा गाउँपालिकाले पालिका क्षेत्रमा भएको निर्माण कार्यको अनुगमन गरेको छ । गाउँपालिकाका कार्यबाहक अध्यक्ष चक्रबहादुर देउबासहितको टोलीले बिहिबार स्थलगत अनुगमन गरेको हो । 

गाउँपालिकाका अनुसार पालिका क्षेत्रमा निर्माण कार्य गर्दै आएको विभिन्न क्षेत्रको अनुगमन गरेको हो । अनुगमनमाा  गाउँपालिकाको प्रशासकिय भवनको पहिलो तलाको ढलानको कार्य सुरु भएको पालिकाका कार्यवाहक अध्यक्ष देउवाले बताए  

आदित्य आधारभुत बिद्यालयको दुईकोठे भवन र खानेपानी योजनाको काम सुचारू भएको पालिकाले जनाएको छ ।  समैजी आधारभुत विद्यालय गौलिगाउँको दुईकोठे  भवनको ढलान कार्य सम्पन्न भएको छ । 

लाटामाण्डौं आधारभुत विद्यालय रुमायलको फिल्ड निर्माण कार्य सुरु भएको  जनाइएको छ । यस्तै अनुगमनमा कुलेडी खेलकुद मैदानको काम सुचारु गरिएको उनले बताए ।  लाटा गन्याप प्राथमिक विद्यालय मालीगाउँको दुईकोठे भवन निर्माणको काम सुचारु  भएको गाउँपालिकाले जनाएको छ । 

उनले पालिकामा भइरहेको निर्माण कार्यका जानकारी लिनको लागि समय समयमा अनुगमन गर्दै आएको बताए । 

तस्वीरहरु

तस्वीर: गन्यापधुरा गाउँपालिकाकाे सामाजिक सञ्जालबाट