close

कीर्तिपुरका कृषकलाई बोका र बाख्रा

कीर्तिपुरका कृषकलाई बोका र बाख्रा

Trulli
ADVERTISEMENT

काठमाडौं । कीर्तिपुर नगरपालिकाले बाख्राको बोयर जातका बोका र पाठी वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी आइतबार स्थानीय बासिन्दालाई बोका र पाठी वितरण गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षकोे स्वीकृत कार्यक्रम अनुरुप पालिकाले बोका र पाठी वितरण गरेको हो । नगरपालिकाका पशु विकास शाखाका प्रमुख प्रकाश लुइटेलका अनुसार १०० प्रतिशत अनुदानमा स्थानीय बासिन्दालाई बोका र पाठी वितरण गरिएको हो । 

उनले नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउनका लागि र आर्थिक आय आर्जन गर्नको लागि दलित समुदायलाई बोका र बाख्रा वितरण गरेको बताए । नगरपालिकाले ११ जना दलित समुदाय र १५ जना युवालाई वितरण गरेको उनले बताए । 

'कार्यक्रमका लागि गत माघमा माग आवेदनसहितको ७ दिने सूचना प्रकासित गरेको थियो । सोही आवेदनको आधारमा बाख्रा वितरण गरिएको हो,' उनले भने, 'आवेदकहरुबारे नगरपालिकाले अनुगमन गरी बाख्रा वितरण गरिएको हो ।' 

उनले नगरपालिकाले ५० प्रतिशत अनुदानमा माउ म्याट वितरण र गोठ सुधार कार्यक्रम सञ्चालन गरेको बताए । 

उनका अनुसार कार्यक्रममा सहभागी भएका व्यक्तिलाई समयसमयमा अनुगमन गरिने छ । नगरपालिकाले वितरण गरेको बाख्रा र बोकालाई कम्तिमा २ वर्षसम्म पाल्नुपर्ने, विरामी भएमा पालिकाको पशु विकास शाखामा सम्पर्क गर्नुपर्ने, वीमा गर्नुपर्ने नियम बनाएर बाख्रा वितरण गरेको उनले बताए ।  उनले समयसमयमा अनुगमन गरिने समेत जानकारी दिए । 

तस्वीरहरु: कीर्तिपुर नगरपालिकाकाे सामाजिक सञ्जालबाट