close

अर्ली इलेक्सनको संकेत : आयोग पदाधिकारीले भेटे प्रधानमन्त्री 

अर्ली इलेक्सनको संकेत : आयोग पदाधिकारीले भेटे प्रधानमन्त्री 

Trulli
ADVERTISEMENT

काठमाडौं– निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । भेटमा आगामी स्थानीय चुनावलगायत विषयमा कुराकानी भएको बताइएको छ । यद्यपि, देउवाले आयोग पदाधिकारीसँग अर्ली इलेक्सनबारे कुरा उठाएको स्रोतको दाबी छ ।

 

प्रधानमन्त्री देउवासँग भेट गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारी सिंहदरबार पुगेका थिए । पदाधिकारीले चुनावका लागि भइरहेको तयारी र आयोगका आवश्यकताबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

 

आगामी फागुनपछि स्थानीय तहका पदाधिकारीको पदावधि सकिँदै छ । त्यसैगरी विभिन्न ठाउँमा उप–चुनाव पनि गर्नुपर्नेछ ।भेटमा अर्ली इलेक्सनबारे छलफल चलेको आयोग स्रोतले दाबी गरेको छ ।

 

यिनै सन्दर्भमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच विश्लेषणात्मक छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।