close

 बाग्मतीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

को–को बने मन्त्री ?

 बाग्मतीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

को–को बने मन्त्री ?

Trulli
ADVERTISEMENT

मकवानपुर- बाग्मतीको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे  नियुक्त भएका छन् ।


विहिबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ सरकार गठनका लागि पाण्डेले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी गरेका थिए । मुख्यमन्त्री पाण्डेले आजै प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख  शर्माबाट पद तथा गोपनियताको शपथ लिएका छन्  ।

 

बाग्मतीका १३ सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेपछि यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् । उनी अल्पमतमा परेपछि सत्ता गठबन्धनको तर्फबाट पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । 

को–को बने मन्त्री ?
विहिबारै माओवादी केन्द्रबाट सामाजिक विकासमन्त्री कुमारी मोक्तान, नेकपा एकीकृत समाजवादीबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनाल र नेपाली कांग्रेसबाट भौतिक पूर्वाधारमन्त्रीको रूपमा कृष्ण भँडेलले  पद तथा गोपनीयताको शपथ लिएका छन् ।