close

एमाले नगर अधिवेशन : दुई स्थानीय तहमा नेतृत्व चयन

एमाले नगर अधिवेशन : दुई स्थानीय तहमा नेतृत्व चयन

Trulli
ADVERTISEMENT

भक्तपुर– एमालेको नगर अधिवेशनबाट भक्तपुरका दुई स्थानीय तहमा नेतृत्व चयन भएको छ । ९ र १० कात्तिकमा भएको अधिवेशनबाट चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकामा नेतृत्व चयन भएको हो ।


चाँगुनारायण नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रामप्रसाद तिमल्सिना चुनिएका छन् भने सूर्यविनायकको अध्यक्षमा रवीन्द्र सापकोटा निर्वाचित भएएका छन् ।

 

चाँगुनारायणमा तिमल्सिना अध्यक्ष, उपाध्यक्षमा जयराम बास्तोला, सचिवमा सुवास ढुंगाना, उपसचिवद्वयमा नारायणी फुयाल र भागवतराम गेलाल चुनिएका हुन् ।
सूर्यविनायकमा सापकोटा अध्यक्ष, उपाध्यक्षमा विनय महत, सचिवमा शिवराम राउत, उपसचिवमा कमला पोखरेल र श्याम श्रेष्ठ गरी ७५ सदस्यीय नयाँ नेतृत्व चयन भएको एमाले सूर्यविनायक नगर कमिटीले जनाएको छ ।


सूर्यविनायकको बन्दसत्रमा अध्यक्ष सापकोटा र सचिव राउत निर्विरोध निर्वाचित भए । उपाध्यक्ष पदमा दुई र उपसचिवमा चार जनाको उम्मेदवारी परेको थियो ।
सहमतिको प्रयासपछि उपाध्यक्ष पदका प्रत्यासी विश्वराम त्वानावासु र उपसचिव पदका प्रत्यासी चण्डिका मिश्र, दिनेश बस्नेत, राजन न्यौपानेले उम्मेदवारी फिर्ता लिएपछि पदाधिकारी चयन सर्वसम्मत भएको हो ।

 

यसैगरी चाँगुनारायणमा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । ९५ जनाको उम्मेदवारी परे पनि पार्टी विधानअनुसार ३३ प्रतिशतमध्ये २५ महिलासहित भूगोलअनुसार वडागत रूपमा ७० सदस्यीय सर्वसम्मत नेतृत्व चुनिएको नवनिर्वाचित अध्यक्ष सापकोटाले जानकारी दिए ।


यहाँका ४ स्थानीय तहमध्ये भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकामा नेतृत्व चयन हुन बाँकी छ ।