close

एमालेले जारी गर्‍यो महाधिवेशन केन्द्रित निर्देशन 

एमालेले जारी गर्‍यो महाधिवेशन केन्द्रित निर्देशन 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा एमालेले १०औँ महाधिवेशन केन्द्रित अन्तरपार्टी निर्देशन जारी गरेको छ । एमाले अध्यक्ष केपी ओलीले १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटसम्बन्धी अन्तरपार्टी निर्देशन जारी गरेका हुन् ।


आगामी १० देखि १२ मंसिरसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन–१४ जारी गरेका हुन् ।


निर्देशनमा केन्द्रीय संगठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नुपर्ने उल्लेख छ । महाधिवेशन प्रतिनिधि छनोटका लागि मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित हुने गरी गर्न निर्देशन दिइएको छ ।


आउँदो २७ कात्तिकसम्म मुलुकभरका भूगोल, विशेष कमिटी र जनसंगठनबाट समावेशिताका आधारमा १ हजार ९ सय ९९ महाधिवेशन प्रतिनिधि छनोट गर्न एमालेले निर्देशन दिएको हो ।