close

कर्णाली, प्रदेश १ र सुदूरपश्चिममा फेरिए प्रदेश प्रमुख 

कर्णाली, प्रदेश १ र सुदूरपश्चिममा फेरिए प्रदेश प्रमुख 

Trulli
ADVERTISEMENT

काठमाडौैं–सरकारले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।


प्रदेश प्रमुखमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच भागबन्डा भएको छ । प्रदेश १ मा जसपा नेता पूर्वसभासद् खापुङ प्रदेश प्रमुख भएका छन् । उनी पहिले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका नेता थिए ।


कर्णालीमा पहिले प्रदेश २ का प्रदेश प्रमुख भइसकेका परियारलाई नै जिम्मेवारी दिइएको छ । उनी नेकपा माओवादी केन्द्र समर्थक हुन् । सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद् जोशी प्रदेश प्रमुख भएका छन् । उनी कांग्रेस बाजुराका पूर्वसभापति पनि हुन् । 


नयाँ प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ गराउने तयारी सरकारको छ । हाल प्रदेश १ मा सोमनाथ अधिकारी, सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव र कर्णालीमा गोविन्दप्रसाद कलौनी प्रदेश प्रमुख थिए ।

 

तीन वटै प्रदेश प्रमुख एमाले निकट मानिन्थे ।तत्कालीन प्रधानमन्त्री केपी ओलीको समय नियुक्त प्रदेश प्रमुखलाई गठनबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको हो ।