close

एमाले महाधिवेशन : दुई छिमेकसहित ६२ देशका दललाई निम्तो 

एमाले महाधिवेशन : दुई छिमेकसहित ६२ देशका दललाई निम्तो 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा एमालेले आगामी १०–१२ मंसिरसम्म हुने दसौँ राष्ट्रिय महाधिवेशनमा छिमेकी भारत, चीनलगायत विभिन्न देशका ६२ राजनीतिक दललाई निम्तो पठाएको छ ।


चितवनमा हुने एमाले महाकुम्भमा छिमेकीसहित विभिन्न देशका ६२ वटा राजनीतिक दलहरूलाई निम्तो पठाइएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।


पार्टीको महाधिवेशनमा विदेशी पाहुना बोलाउने परम्पराअनुसार विभिन्न देशका राजनीतिक दलहरूलाई निम्तो पठाइएको हो । निम्तो पठाइए पनि हालसम्म कति देशका पाहुना आउँछन् भन्ने टुंगोचाहिँ भइनसकेको श्रेष्ठले जानकारी दिए ।