close

चाँगुनारायणका नगरप्रमुख मिश्र एमाले भक्तपुरको इन्चार्ज नियुक्त 

चाँगुनारायणका नगरप्रमुख मिश्र एमाले भक्तपुरको इन्चार्ज नियुक्त 

Trulli
ADVERTISEMENT

भक्तपुर– नेकपा एमालेको भक्तपुर जिल्ला इन्चार्जमा चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र नियुक्त भएका छन् । नगरप्रमुख मिश्रलाई एमाले स्थायी कमिटी बैठकले जिल्ला इन्जार्जमा नियुक्त गरेको हो ।  भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम हस्पिटालिटीमा एमाले बैठक बसेको थियो । 

 

२५ र २६ मंसिरसम्म बसेको बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनदेखि, स्थायी कमिटी, पोलिटब्युरो, प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, सह–इन्चार्ज र नेताहरूको कार्य विभाजनलगायत एजेन्डामा छलफल भएको छ । बैठकबाट नगर प्रमुख मिश्रलाई इन्चार्ज र युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतलाई पोलिटब्युरो सदस्यमा नियुक्त गरिएको छ ।  दुई दिने बैठकमा एमाले स्थायी कमिटी सदस्यको सहभागिता थियो ।  बैठकमा सहभागीलाई मध्यपुर थिमि नगरपालिका र जिल्ला कमिटीले भादगाउँले टोपी र दही वितरण गरी स्वागत गरिएको थियो । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार नगरपालिकाका तर्फबाट योमरी र नगरको परिचय दिने ब्रोसर वितरण गरियो । 

 

बैठकमा नगरप्रमुखले मुलुकभरका सबै एमाले जिल्ला प्रतिनिधि सहभागी भएकाले भक्तपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ती सामग्री वितरण गरिएको बताए । 
सहभागीलाई गन्तव्य मध्यपुर थिमि, महिलाका लागि रातो पछ्यौरा, पुरुषका लागि भादगाउँले टोपी, भक्तपुरको जुजु धाँ र योमरी वितरण गरिएको उनले जानकारी दिए ।