close

कांग्रेस १४औँ महाधिवेशन : तीन हजार ५०८ मत खस्यो

कांग्रेस १४औँ महाधिवेशन : तीन हजार ५०८ मत खस्यो

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा तीन हजार ५०८ मत खसेको छ । कांग्रेसको १२ बजेदेखि सुरु भएको मतदानमा अहिले साँझ ७ : ४५ बजेसम्म तीन हजार ५०८ मत खसेको हो ।

 

एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा एक हजार १०० र भृकुटीमण्डपका दुई स्थान ९प्रदर्शनी हल र प्राङ्गण०मा  दुई हजार ४०८ मत खसेको हो ।

 

निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका थिए । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

 

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।