close

कांग्रेस मतगणना अपडेट : देउवाको अग्रता

कांग्रेस मतगणना अपडेट : देउवाको अग्रता

Trulli
ADVERTISEMENT

काठमाडौं– कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना जारी रहेको छ । आज बिहान ४ः२० बजेबाट सुरु भएको मतगणनामा अहिलेसम्म  मतगणनाको प्रारम्भिक परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाको छ ।


१३०६ मत गणना हुँदा देउवाले ६२६ मत पाएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वीका रुपमा सभापतिका अर्का उम्मेदवार शेखर कोइराला आउनुभएको छ । अर्का उम्मेदवार शेखर कोइरालाले ४८२ मत पाएका छन्  


त्यसैगरी प्रकाशमान सिंहले ९१ मत र विमलेन्द्र निधीले ४९ मत प्राप्त गर्दा कल्याण गुरुङले तीन मत मात्र प्राप्त गरेका छन् । कूल चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मत खसेको निर्वाचन समितिले जनाएको छ । यो मतको सम्पूर्ण परिणाम मतगणना सुरु भएको तीनदेखि चार घण्टासम्ममा आइसक्ने बताइएको छ । 

 

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।