close

देउवालाई निधिको समर्थन

देउवालाई निधिको समर्थन

Trulli
ADVERTISEMENT

काठमाडौँ —कांग्रेस सभापतिको मतादानमा  पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको मतादानमा विमलेन्द्र निधिले पनि देउवालाई समर्थन गर्न भएका छन् । 


देउवा दोस्रो चरणमा आफूलाई समर्थन गर्न भन्दै नेताहरुसँग भेटघाट गर्ने क्रममा मंगलबार बिहान निधि निवास वानेश्वर पुगेका थिए । स्रोतका अनुसार निधिले आफ्नो समर्थन देउवालाई नै हुने बताएका छन् ।


यस अघि नेता प्रकाशमान सिंहले देउवालाई साथ दिने घोषणा गरिसकेका छन् । दुवै नेताले समर्थन गर्ने भएपनि देउवालाई दोस्रो चरणको निर्वाचन सहज देखिएको छ । 


सोमबार भएको निर्वाचनमा  देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणमा सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ भने बाँकी दाैडबाट बाहिरीएका छन् ।