close

कांग्रेस महाधिवेशन : सभापतिका लागि  पुनः मतदान सुरु

कांग्रेस महाधिवेशन : सभापतिका लागि  पुनः मतदान सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा पुनः मतदान सुरु भएको छ । मतदानकालागि प्रतिनिधिहरु लाइन लागेका छन् । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान गर्नुपर्ने भएको हो । मतदान राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा हुँदैछ । 

 

 
पहिलाे चरणकाे मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।