close

कांग्रेस उपसभापति मत गणना : विजयकुमारले धनराजलाई उछिने 

कांग्रेस उपसभापति मत गणना : विजयकुमारले धनराजलाई उछिने 

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता लिएका छन्। पछिल्लो परिणाममा गच्छदारले गुरुङलाई ६ मतले पछाडि पारेका छन्। 

 

३५५८ मत गन्दा गुरुङले १४३७ र खड्काले १६३४ मत पाएका छन्। गुरुङ शेखर कोइराला समूहका हुन् भने खड्का शेरबहादुर देउवा समूहका हुन्। यस्तै, गच्छदारले १४४३, चन्द्र भण्डारीले १२५७ मत पाएका छन्। गच्छदार देउवा र भण्डारी कोइराला समूहका हुन्। सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्येश्वरी शाहले ११७ मत पाएका छन्।

 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ। कांग्रेसको सभापतिमा शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्।