close

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको संयोजकत्वमा सुरु भएको बैठकका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन्  । 

 

बैठकमा संसद्मा जारी गतिरोध र समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका कानून विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकपछि आजै संसद्मा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक बस्ने कार्यक्रम रहेको जानकारी पनि उनले दिए ।