close

कांग्रेसको अल्पसङ्ख्यक केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित

कांग्रेसको अल्पसङ्ख्यक केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य अल्पसङ्ख्यक (खुला) एक पदमा प्रदीपकुमार सुनुवार निर्वाचित भएको छन् ।

 

गत मङ्सिर २७ गते भएको मतदानको साेमबार सार्वजनिक मत परिणामअनुसार सुनुवार दुई हजार १७१ मतका साथ निर्वाचित भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी टीकाराम सुब्बा लेप्चाले एक हजार २३ मत प्राप्त गरेका छन् ।

 

सोही पदमा रहेका अन्य उम्मेदवार हरिबहादुर घलेले ६०९, ओमप्रकाश शर्मा (मारवाडी) ५३६ र प्रेमबहादुर छन्त्यालले २०६ मत प्राप्त गरेको समितिले जनाएको छ । मतदानमा चार हजार ६३५ मत खसेकामा ९० मत बदर भएको थियो ।

 

महाधिवेशनमा भएको पदाधिकारी र खुला सदस्यलगायतको निर्वाचनको मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ भने बाँकी मतदानको परिणाम आउने क्रम जारी छ ।