close

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनलाई जिताउन ७ वटै प्रदेशमा संयन्त्र

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनलाई जिताउन ७ वटै प्रदेशमा संयन्त्र

Trulli
ADVERTISEMENT

काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।

 

नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालका अनुसार राष्ट्रिय सभा निर्वाचनमा ५ दलीय गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । ‘सत्ता गठबन्धनमा सहभागी ५ दलीय गठबन्धनलाई राष्ट्रिय सभा निर्वाचनमा प्रभावकारी बनाउने निर्णय भएको छ,’ भुसालले भने ।


१२ माघमा १९ सिटका लागि हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले बताए । बैठकले राष्ट्रिय सभा चुनावमा आफ्ना उम्मेदवार जिताउन ७ वटै प्रदेशमा संयन्त्र बनाउने निर्णय गरेको छ ।

 

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका ५ दलले तालमेल गरेका छन् । कांग्रेसका ६, माओवादी र एकीकृत समाजवादीका ५–५, जसपा २ र जनमोर्चाले १ सिटमा उम्मेदवार उठाएका छन् । सबै उम्मेदवारलाई जिताउने गरी सत्ता गठबन्धनले रणनीति बनाएर जाने निष्कर्ष निकालेको छ ।