close

एमाले प्रदेश अधिवेशन मिति सर्‍यो

एमाले प्रदेश अधिवेशन मिति सर्‍यो

Trulli
ADVERTISEMENT

काठमाडौं– कोरोना संक्रमण बढेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रदेश अधिवेशन मिति सरेको छ । संक्रमण बढेसँगै महाधिवेशन मिति प्रभावित भएको हो । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार ८ माघलाई तय भएको प्रदश अधिवेशन २८ र २९ मा सारिएको छ ।

 

एमालेको अहिले देशैभर जारी जिल्ला अधिवेशनमा सर्वसम्मतबाट नेतृत्व चयनको प्रयास भइरहेको उनको भनाइ छ । सहमतिबाट नेतृत्व चयन हुन नसकेको अवस्थामा चुनावी प्रक्रियामार्फत एमाले जिल्ला चयन हुने उनले जनकारी दिए ।

 

जिल्ला अधिवेशनलगत्तै प्रदेश अधिवेशनको तयारी थियो । दसौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न गरेको एमालेले २३ पुसमा जिल्ला अधिवेशन उद्घाटन गरेको थियो । एमाले अध्यक्ष केपी ओलीको परामर्शमा प्रदेश अधिवेशनको मिति सारिएको उनले बताए ।