close

पाँच दलीय समन्वय समितिको बैठक बस्दै

पाँच दलीय समन्वय समितिको बैठक बस्दै

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकार सञ्चालनका लागि गठित पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दैछ । शुक्रबार अपराह्न ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

 

बैठकमा आगामी वैशाखमा स्थानीय तहको निर्वाचन, संसद्को निर्वाचन गर्ने कि तीनवटै तहको निर्वाचन गर्ने र एमसीसीलगायतका विषयमा छलफल हुने उनले बताए ।

 

यसअघि मंगलबार बसेको बैठकमा संविधानमा व्यवस्था भए बमोजिम निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति जुटेको थियो । 


बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित समन्वय समितिका संयोवक रामचन्द्र पौडेल, माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको उपस्थिति रहनेछ ।