close

पोखरामा गठबन्धनका बागी कार्कीले पनि लिएनन् उम्मेद्वारी फिर्ता

पोखरामा गठबन्धनका बागी कार्कीले पनि लिएनन् उम्मेद्वारी फिर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका तीनमध्ये दुई जनाले उम्मेद्वारी फिर्ता लिए पनि एक जनाले नगरप्रमुख प्रमुखमा दिएको उम्मेद्वारी कायमै राखेका छन् । 

 

बागी उम्मेद्वारी फिर्ता नलिए कारबाही गर्ने केन्द्रको निर्देशनलाई बेवास्था गर्दै महानगरको मेयर पदका लागि आकांक्षी देखिएका बागी उम्मेद्वार विमल कार्कीले आफ्नो उम्मेद्वार कायम राखेका हुन् । 

 

उम्मेद्वारी फिर्ता लिने समय आज पाँच  बजेसम्मका लागि निर्धारण गरेको थियो । 

 

यस्तै, भरतपुर महानगरपालिकामा पनि गठबन्धनविरुद्ध  बागी उम्मेद्वार उठेका जगन्नथ पौडेलले आफ्नो उम्मेद्वारीलाई कायम राखेका छन् ।