close

निर्वाचन स्वच्छ हुन सकेन : ओली

निर्वाचन स्वच्छ हुन सकेन : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन निष्पक्ष हुन नसकेको बताएका छन् ।

 

बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप लगाए ।

 

आज १४ दिन भयो, परिणाम किन आइरहेको छैन ? निर्वाचन स्वच्छ हुन सकेन, धाँदलीरहित हुन सकेन, सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ,’ उनले भने । 

 

उनले निर्वाचनका बेला आफ्ना उम्मेदवारलाई कुनामा राखेर मतदान गरिएको समेत आरोप लगाए ।

 

'उम्मेदवारको घरमा बम पड्काइयो, शान्तिपूर्ण भयो सबैतिर? घर पुरानो भएर भत्किएको हो?', उनले  थपे, 'बमलाई अपजस लगाएर भत्किएको हो? कि बम आफैं आएर घर भत्कियो ?