close

नीति तथा कार्यक्रम अस्थिरताकै घोषणापत्र हो : ओली

नीति तथा कार्यक्रम अस्थिरताकै घोषणापत्र हो : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अस्थिरताका चाहनाका साथ बनाइएको गठबन्धनको अस्थिताकै दस्तावेज भएको आरोप लगाएका छन् । 


सरकारको नीति तथा कार्यक्रममाथि बिहीबार संसदमा टिप्पणी गर्न सम्बोधनका क्रममा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष समेत रहेका ओलीले यस्तो बताएका हुन्। 


‘यो दस्तावेज देशमा स्थिरता र स्थायित्व हुन नदिने अस्थिरताका सम्वाहक शक्तिबाट अस्थिरताका चहनाका साथ बनाइएको गठबन्धनको अस्थिताकै घोषणापत्र हो ।’ उनले भने ।


पूर्वप्रधानमन्त्री ओलीले बजेटको नीति तथा कार्यक्रमको बुँदा नम्बर १३६ मा आपत्ति जनाएका छन् । सो बुँदाले सरकारले नीतिगत र वैधानिक रुपमै भ्रष्टाचारलाई प्रवर्द्धन गरिने उल्लेख गरिएको भन्दै ओलीले आपत्ति जनाएका हुन् । 


त्यस्तै नीति तथा कार्यक्रमका बुँदा नम्बर ११०, १३१, १३२, १६१ मा वर्णमालाका अक्षरहरूभित्र रहेर हेर्दा व्याकरणीय अशुद्धता, संगति नमिल्नु, अर्थ निस्किँदै ननिस्कने आधा वाक्यहरू रहेको बताएका छन् ।